उप–मेयरसँग किशोरीहरुको संवाद

 

मुरली गोडिया, गुलरिया ।
बालविवाह यौन दुर्व्यवहारको अवस्थाका बारेमा जानकारी लिने उद्धेश्यले गुलरिया नगरपालिकाका उपमेयर र किशोरीहरु बीच संवाद गरिएको छ । संवादमा किशोरी संजालका सदस्यहरुले समाजमा हुने गरेका यौन दुर्व्यवहारको अवस्था, किशोरीले भोग्नु परेका समास्या, बालविवाह र यौन दुर्व्यवहारको रोकथाममा देखा परेका चुनौती लगायतका विषयमा उपमेयर समक्ष कुराहरु राखेका छन ।
किशोरी शिवानी चौधरीले ३ वर्ष पहिले आफुले अध्ययन गर्ने क्रममा भोगेको दुर्व्यवहारबारे स्मरण गरिन् । तत्कालिन समयमा उपमेयरले देखाएको तदारुकताले आफु खुशि भएको चौधरीले सुनाइन् । बालविवाह, यौन दुव्र्यवहार लगायत समास्या समाधान गर्न आफनै गाँउ समाजबाट जोखिम रहेको किशोरीहरुको भनाई छ । किशोरीहरुका लागी गाँउ, वडा तथा विद्यालय स्तरमा सचेतनामुलक कार्यक्रममा सहभागीता बढाउनु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा किशोरी संजालकी अध्यक्ष दिक्षा गीरीले सामाजिक कुसंस्कार विरुद्ध लड्न निक्कै कठिन भएको बताइन । नेपाली समाजमा भएका केही हानीकारक अभ्यासहरु, पराम्परागत रितिरिवाज अन्तर्गत बालविवाह भइरहेको थाहा पाँउदा पाउँदै पनि सामाजिक संस्कारका कारण रोक्न चुनौती बन्ने गरेको उनले बताईन । संवाद मुस्लिम समुदायका किशोरीहरुले समेत सहभागी जनाएका थिए । मुस्लिम समुदाय पनि त्यस्ता समास्या भएको उनिहरुले उपमेयर समक्ष राखेका थिए ।
संवाद कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिती संयोजक शुशिला गीरीले आएका समस्या प्रति गम्भीर भएको बताइन् । बालविवाह तथा यौनदुव्र्यवहार न्युनिकरणका सन्दर्भमा चरणबद्ध रुपमा छलफलका माध्यमले समाधानका उपाय निकाल्ने गीरीले आश्वासन दिइन् ।
संवाद कार्यक्रमको आयोजना बाल अधिकार समिती, महिला तथा बालबालिका शाखा गुलरिया नगरपालिका र बाँके युनेस्को क्लबले गरेको थियो । १ सय ११ औ नारी दिवसको अवसरमा गरिएको उक्त कार्यक्रमको उद्धेश्यबारे बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर सपना शर्माले जानकारी गराएकी थिइन् । भने सहजीकरण बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत इश्वर विकले गरेका थिए ।