बाँकेमा बालिका र वृद्धसहित सोमबार १ सय २५ जनाले जिते कोरोना

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमण दर उच्च रहेसंगै कोरोना परास्त गरी डिस्चार्ज हुनेको संख्या पनि बढन थालेको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीका अनुसार सोमबार विहान १ सय २५ जनाले कोरोना परास्त गरी डिस्र्चाज भएका छन । एक्कैदिन ठुलो संख्यामा डिस्चार्ज भएको यो कोरोनाको दोस्रो लहर सुरु भएयताको पहिलो पटक हो । कोरोना परास्त गर्नेमा ७ बर्षिय बालिका देखि ७३ बर्षिय बृद्धबद्धा पनि रहेका छन ।
कोरोना भाइरस संक्रमण निको भएर बैशाख १ गते देखि सोमबार बिहान सम्म जिल्लाका ४ सय २६ जना डिस्चार्ज भईसकेका छन । कोरोना संक्रमण समुदाय स्तरमा फैलिएपछि त्रास बढीरहेको बाँकेमा पछिल्लो समय कोरोना परास्त गर्नेहरुको संख्या पनि बढीरहेको छ । जिल्लमा हालसम्म ५ हजार १२८ जनाले कोरोना परास्त गरीसकेका छन ।