सूर्य नमस्कारका यस्ता छन् फाइदा

सूर्य नमस्कार गर्नु सूर्यबाट उर्जा लिनु हो

योग ध्यानले मानसिक रुपमा स्वस्थ बनाउने र शरिर तन्दुरुन्त मात्र दिँदैन । ब्यक्तिलाई निरोगी पनि बनाउँछ । योगका थुप्रै आशन र प्रणाायामहरु छन् । त्यसैमध्येको एक हो, सूर्य नमस्कार । सूर्य नमस्कार सबैभन्दा प्रसिद्ध र सजिलो आसन हो । नियमित रुपमा सूर्य नमस्कार गर्दा स्वस्थ रहने सबैभन्दा राम्रो विकल्प पनि हो । यसमा १२ वटा आसन हुन्छन् ।
कसरी गर्ने
सबैभन्दा पहिला प्रणायम हुन्छ, जसमा दुबै हात जोडेर सिधा उभिनुपर्छ । अर्थात नमस्कारको मुद्रामा । त्यसपछि आउँछ हसतोत्तानासन । यसमा हातलाई विस्तारै माथि उठाइन्छ । फेरी हस्तपदासन आउँछ, जसमा अगाडि झुकेर उभिनुपर्छ । चौथो आसन हो, अश्व संचालासन । यसमा घोडा जस्तै घुँडा र हातले टेकेर बस्नुपर्छ । पाँचौं आसन हो दंदासन । यसपछि अष्टांग नमस्कार । त्यसपछि आउँछ भुजंगासन । यो मुद्रामा मुख घोप्टो बनाएर बस्नुपर्छ । त्यसपछि अश्व संचालासन र फेरी हस्तपादासन, हस्तोत्तानासन र प्राणायाम आउँछ । एक पटक सूर्य नमस्कार गर्दा गर्दा गर्दा १३ दशमलव ९ प्रतिशत क्यालोरी घटाउन सकिन्छ । सूर्य नमस्कार गर्नु भनेको सूर्यको तेजबाट उर्जा लिनु हो । यसबाट हुने फाइदाहरु
१. रक्त प्रवाह सही गराउँछ
२. पाचन क्रिया चुस्त रहन्छ
३. शरीरमा स्फुर्ती बढाउँछ
४. तौल नियन्त्रण गर्छ
५. शरीरलाई सकारात्मक उर्जा मिल्छ