जमुनाहा नाकामा अलपत्र नेपालीहरुको उद्दार (फोटो फिचर)

मेरो खुसी संवाददाता
नेपालगन्ज : कोरोना भाइरसका कारण नाका बन्द भए पनि बाँकेको नेपालगन्जस्थित जमुनाह नाकामा भारतबाट सयौं यात्रु आएका छन् ।सोमबार बिहान सयौंको संख्यामा नेपालीहरु फर्किएका हुन् ।
नाका बन्द भएका कारण बिहान साढे १० बजेसम्म नाकामै अलपत्र परेका यात्रुहरुलाई नगरबसवाट उद्दार गरेर नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको छ । बाँके बाहेक अन्य जिल्लाका व्यक्तिहरुलाई उनीहरुको गृह जिल्लामा पठाइने नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *