नेपालगन्ज लकडाउन (फोटो फिचर)

अर्को सूचना नभएसम्म कुनै पनि सवारी साधन संचालन नगर्न र घरबाट बाहिर नआउन स्थानीय प्रशासनको आग्रह

मेरो खुसी संवाददाता
नेपालगञ्ज, ११ चैत्र/ कोरोना भाइरसको जोखिम रोक्न सरकारले आज देशैभरी लकडाउन गरेको छ । लकडाउनको समयमा सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।
यसैक्रममा नेपालगञ्जमा आज बिहानैदेखि सार्वजनिक तथा निजी सवारी साधन चलेका छैनन । सरकारले घरभित्रै सेल्फ क्वारेन्टाईनमा बस्नु भनेपछि फाट्ट फुट्ट बाहेक सडकमा मानिसहरू खासै देखिएका छैनन् । बिहान निस्किएका कतिपय मानिसहरूलाई प्रहरीले सोधपुछ पछि सम्झाएर घर फर्काइरहेको छ ।

अनुमति प्राप्त र सुरक्षा निकायका बाहेक अन्य सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । आजदेखि चैत १८ गतेसम्मका लागि देश पूर्णतया लकडाउन भएको छ । यतीबेला नेपालगञ्जका मुख्य चोक र सडकहरूमा प्रहरीको बाक्लो उपस्थिति छ ।


बाँकेमा कोरोना भाईरसको जोखिम रोक्न भन्दै जनता कफ्यु लगाईएको हो । जिल्ला सुरक्षा निकायको बैठकको निस्कर्षका आधारमा अर्को सूचना नभएसम्म कुनै पनि सवारी साधन संचालन नगर्न र घरबाट बाहिर नआउन बाँके जिल्ला बन्द गरिएको स्थानीय प्रशासनले जनाएको छ । सरकारले लागु गरेको नियमको उल्लंगन गर्नेक्रम बढेपछि आजदेखि अनावश्यक हीडडुल र सवारी साधन संचालनमा रोक लगाउन स्थानीय प्रशासनले जनता कफ्यु लगाएको हो ।