जमुनाहा नाकामा ३९ नेपाली अलपत्र

मेरो खुसी संवाददाता
नेपालगन्ज : नेपालगन्जको जमुनाहा नाकामा ३९ जना नेपाली अलपत्र परेका छन् ।
भारतका विभिन्न राज्यबाट आएका तीन बालबालिका र ७ जना महिला अलपत्र परेका हुन् । उनीहरुले तीन दिनमा नेपाल सीमा पुगेको बताएका छन् । उनीहरुले तीन दिनदेखि खाना पनि खान नपाएको बताएका छन् । मंगलबार बिहान ३ बजे जमुनाहा नाकामा पुगेको बताउने सुर्खेत गुर्भाकोट ४ का खिमबहादुर ओलीले आफ्नै देशको सीमामा अलपत्र पर्दा पनि बेवास्ता गरिएको दुःखेसो पोखेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमामा अलपत्र परेका एउटा पनि नेपालीको विषयमा आपूmलाई जानकारी नभएको बताए उनले सरकारले सीमाबाट आउनेलाई रोक्न भनेको प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *