लकडाउनका कारण नेपालगन्जका मुस्लिमले घरमै पढे नमाज

मेरो खुुसी संवाददाता

नेपालगन्ज : सरकारले लगाएको लकडाउनलाई सघाउँदै नेपालगन्जमा मुस्लिम समुदायले शुक्रबार घरघरमा नमाज पढेका छन् ।
दारुल उलुम फैजुन्नबी, जामा मस्जिद ईदगाह सन्चालक समितिका महासचिव मो.इरफान सिद्धिकीले बिहीबारसबै मुस्लिमहरुलाई घर घरमा नमाज पढ्न अपिल गरेको थियो ।
‘कोरोना भाइरसलाई मध्य नजर गरी नेपाल सरकारको निर्णय अनुसार भेला र भीडभाड गर्न प्रतिबन्ध गरिएकाले यहाँहरुलाई हार्दिक नम्रता पूर्ण अनुरोध गरिन्छ कि तपाईहरुले आफनो घरमा नमाज पढेर नेपाल सरकारलाई सहयोग गरिदिनका लागि सिफारिसका साथ हार्दिक अनुरोध गदर्छौं’, अपिलमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *