२५ घण्टापछि गाडी मगाएर सुर्खेत पठाइयो

मेरो खुसी संवाददाता
नेपालगन्ज : सीमा नाका जमुनाहामा दुई दिनदेखि अलपत्र परेका १६ जनालाई २५ घण्टापछि घर फर्कन दिइएको छ ।
जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले उनीहरुलाई कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रादेशिक क्वारेन्टाइनमा पठाइएको हो । साँझ ६ बजेतिर उनीहरुलाई एउटा गाडीमा राखेर पठाइएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज सइ माधव रिजालले जानकारी दिए । १६ जना नेपाली भारतको गुजरातबाट ६० हजार भारतीय रुपैयाँमा गाडी रिर्जब गरेर बुधबार दिउँसो ५ बजे जमुनाहा नाकामा पुगेका हुन् । उनीहरुले रातभरी ट्रिपालमै बिताए । उनीहरुको समूहमा दुई जना महिला र दुई बालक पनि छन् । एक जना सुर्खेतका वाहेक सबै दैलेखका हुन् ।