विपद् व्यवस्थापन कोषमा एक लाख सहयोग

फोटो सौजन्य : गोविन्द शर्मा

नेपालगन्ज : राप्ती गणेश कन्स्टक्सनका सञ्चालक ओमनारायण शाहले विपद् व्यवस्थापन उद्दार कोषमा एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले स्थापना गरेका कोषलाई गरेको सहयोग रकम शाहले नगर प्रमुख डा. धवलशम्शेर राणालाई चेक हस्तान्तरण गरेका हुन् । कोषमा उपमहानगरपालिकाले ३० लाख रुपैयाँ राख्ने निर्णय गरेको छ ।