२००७ सालको क्रान्तिमा नेपाली कांग्रेसको मुक्ति सेनाका कमाण्डर तामाङको ८९ वर्षमा निधन

फोटो : प्रकाशचन्द्र तिमिल्सैना (जनक नेपालको फेसबुकबाट)

नेपालगन्ज : २००७ सालको सशस्त्र क्रान्तिका एक मात्र जिवित साक्षी श्यामकुमार तामाङको निधन भएको छ ।
नेपालगन्जको कारकाँदो निवासी तामाङलाई आइतबार बिहान हर्ट अट्याक भएको आशंकामा उपचारार्थ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज लैजाने क्रममा आइतबार बिहान पानै तीन बजेतिर बाटोमै मृत्यु भएको हो ।
राणा शासनको अन्त्यका लागि नेपाली कांग्रेसले सशस्त्र संघर्ष गर्न गठन गरेको मुक्ति सेनामा गरेको तामाङ स्थापना कालदेखि नै लागेका थिए । उनी श्याम दाइका नामले परिचित थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरबहादुर ओलीले पूर्वएसपी भएकाले तामाङलाई नेपाल प्रहरीले सलामी दिने बताए । तामाङका तीन छोरा र दुई छोरी छन् । छोराहरु पनि सुरक्षा निकायमै छन् ।