क्वारेन्टाइनमा बस्ने १८१ जनाको सरकारसँग माग, ‘हाम्रो पीसीआरबाट पनि कोरोना जाँच होस्’

क्वारेन्टाइनमा बस्नेले लेखेको पत्र प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझाउँदै नगर प्रमुख राणा । फोटो सौजन्य : गोविन्द शर्मा

नेपालगन्ज : नेपालगन्जको दशगजास्थित क्वारेन्टाइनमा बसेका १८१ जनाले सरकारसँग पीसीआर प्र्रविधिबाट पनि कोरोना जाँच गर्न माग गरेका छन् ।

-यापिट टेस्टबाट कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएर पनि १९ दिनदेखि क्वारेन्टाइनमैै बसिरहेका उनीहरुले २१औं दिनमा पीसीआरबाट कोरोना जाँच गरी निःशुल्क गाडीमा घर पठाउने व्यवस्था गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्राचार गरेका हुन् ।
उनीले हस्ताक्षर गरी पठाएको ६ बुँदे मागसहितको पत्र आइतबार नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवलशम्शेर राणाले प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’को उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कामार्फत प्रधानमन्त्रीलाई पठाएका हुन् ।
उनीहरुले क्वारेन्टाइनमा १५ दिन बसेर कोरोना रिपोर्ट नेगेटिभ आएपछि घर जान गाडीमा चढिसकेको बेला किन फेरि क्वारेन्टाइनमै राखेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ मागेका छन् । पत्रमा भनिएको छ, ‘के कारणले हामीहरुलाई फेरि क्वारेन्टाइनमा राखियो त ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *