भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ सय ५९ पुग्यो

नेपालगन्ज : भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँच सय ५९ पुगेको छ । कोभिड–१९ इन्डीया डट ओआरजीका अनुसार त्यहाँ संक्रमितको संख्या पनि १७ हजार नाघेको छ । यो समाचार तयार पार्दा सम्म भारतमा कुल १७ हजार ३ सय ४० जना कोरोना संक्रमित फेला परेका छन । जसमध्ये २८ सय ५८ जना निको भएर घर फर्किएका छन् भने १३ हजार ९ सय २३ जनाको उपचार भईरहेको  छ ।
भारतमा कोरोनाको सबैभन्दा बढी प्रभाव महाराष्ट्र, दिल्ली, गुजरात, राजस्थान तमिलनाडु, मध्यप्रदेश लगायतमा परेको छ । महाराष्ट्रमा अहिलेसम्म कोरोनाबाट २ सय २३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ हजार २ सय पुगेको छ । त्यस्तै कोरोनाको संक्रमणबाट दिल्लीमा ४५ जनाको मृत्यु भएको छ भने २ हजार संक्रमित रहेका छन । त्यस्तै हालसम्म मध्यप्रदेशमा ७२, गुजरातमा ६३ र राजस्थानमा २३ जनाको मृत्यु भईसकेको छ ।