यसरी बनाऔंं, कोभिड-१९ व्यवस्थापन योजना

टिप्पणीकार : गोविन्द वाग्ले

गोविन्द वाग्ले
२०७२ सालको भूकम्प शनिबार आएको थियो । जसका कारण मानवीय क्षति धेरै हुन पाएन । अनि विश्व महामरीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव पनि नेपाल सरकारको कुनै प्रशंसनीय काम बिना उग्र रुप नलिनुले हामी नेपाली विपद्को करणबाट हुने जोखिममा पनि भाग्यमानी भएको महसुस गर्नसक्छौ । झन्डै दुई महिना अघि देखिएको कोरोनाले पनि हामीलाई प्रसस्त पूर्वतयारीको मौका दिएकै हो । तर, हामीले काम गर्न सकेनांै । विपद्को विषयमा स्वास्थ्य मन्त्री र गृहमन्त्रीको ‘अन्जान अभिव्यक्ति’ले आमजनतामा डरत्रास अझै कायमै छ । सरकारले हवाइमार्ग आठ दिन अघि बन्द गर्नुपथ्र्याे । गर्न सकेन । पाँच दिन अघि नै लकडाउन गर्नुपथ्र्याे । ढिलो भए पनि लकडाउन घोषणा गरियो । जुन निकै सराहनीय छ । विदेशबाट आएका सबैको स्वास्थ्य जाँच भइनसकेको अवस्थामा हामी कोरोना महामारीको ठूलो विकरल अवस्थाको सामना गर्न तयार भएर बस्नुपर्छ । र, बसौं ।
सरकारले गरेको लकडाउन रक्षात्मक मात्र भयो । यति मात्र गरेर कोरोनासँग लड्न सकिँदैन । फुटबलमा जित्नको लागि गोलको आवश्यकता भए झैं अबको बाटो भनेको आक्रामक गर्नुपर्छ । त्यसका लागि कोभिड १९ व्यवस्थापन योजनाको खाँचो हुन्छ । जुन निम्नानुसार गर्न सकिन्छ :
१. नेपालका सबै ल्याब टेक्निसियनहरुलार्ई तालिम दिने र कम्तीमा दुई नगरपालिका वा गाउँपालिकालाई पायक पर्ने ठाउँमा एक वटा रगत तथा स्वाव संकलन केन्द्र राख्ने र संकलित रगत तथा स्वाव परीक्षणको लागि सरकारले तोकेको नजिकको परीक्षण केन्द्रमा दैनिक पठाउने र रिपोर्ट १२ घण्टाभित्र निकाल्ने ब्यवस्था गर्ने ।
२. सम्पूर्ण नगरपालिका÷गाउँपलिका÷वडामा गठन गरेको विपद् व्यवस्थापन समिति र स्थानीय प्रहरीहरुलाई फोन तथा सामाजिक सञ्जाललाई प्रयोग गरेर आफ्नो नगरपालिका÷गाउँपलिका÷वडामा बिरामी भएका र विदेशबाट आएका मनिसहरुलाई रगत परीक्षणको लागि पठाउने र परीक्षण गर्न लगाउने । गर्न नमान्नेलाई आवश्यक कारबाही गर्ने ।
३. रगत परीक्षणपछि पोजेटिभ आउने (कोरोना संक्रमित) भएकाहरुलाई उपचारको प्रबन्ध मिलाइ अस्पातल पठाउने र उपचार गर्ने ।
४. रगत परीक्षणपछि नेगेटिभ रिपोर्ट आउने जतिलाई आइसोलेसनमा राख्ने र पुनः एक हप्तामा रगत परीक्षण गर्ने, पुनः नेगेटिभ देखिएमा उपयुक्त सल्लाह दिएर घर पठाउने ।
५. तत्काल क्लोज कन्ट्रयाक्ट डिटेक्टर जस्तो मोबाइल एप बनाएर लागू गर्ने । जसले गर्दा जिल्ला, नगरपालिका÷गाउँपलिका÷वडामा गठन गरेका विपद् व्यवस्थापन समिति र स्थानीय प्रहरीहरुलाई मानिसको मुभमेन्ट पत्ता लगाउन मद्दत गर्छ ।
विश्वभर कोरोना भाइरसको महामारी छ । विश्वका शक्तिशाली र विकसित देश इटली, अमेरिका, चीन, स्पेनमा कोेरोनाबाट मृत्यु हुनेहरुको संख्या थ्री डिजिट (कम्तीमा तीन हजारदेखि बढीमा साढे ११ हजारसम्म) पुगेको छ । नेपालमा एक डिजिट (बुधबारसम्म ५ जना मात्र) मा मात्र कोरोना संक्रमण भएको भेटिएको छ । अहिलेसम्म नेपालमा कसैको पनि मृत्यु भइसकेको छैन । हाम्रो तयारी अरु देशको दाँजोमा धेरै ढिलो भइसकेको छ । तयारीमा अझैं ढिलो गर्नु हुन्न । कोरोनाविरुद्धको अभियानलाई ठोस योजना बनाएर कार्यान्यन गर्न सकेमा सम्भावित क्षतिबाट जोगिन सक्छौं ।
(टिप्पणीकार वाग्ले विपद व्यवस्थापन विज्ञ हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *