समाचार प्रभाव : नेपालगन्ज रंगशालामा सिँचाइ सुरु

नेपालगन्ज रंगशालाको ४० लाखको बरमुण्डा दुबो सुकेको बारेमा गत २६ चैत्रमा मेरो खुसी डटकमलगायतका मिडियामा समाचार प्रकाशित भएपछि सिँचाइ थालिएको हो

नेपालगन्ज : नेपालगन्ज रंगशालाको सुक्न लागेको बरमुण्डा दुबोमा सिँचाइ सुरु भएको छ ।
नेपालगन्ज रंगशालाको ४० लाखको बरमुण्डा दुबो सुकेको बारेमा गत २६ चैत्रमा मेरो खुसी डटकमलगायतका मिडियामा समाचार प्रकाशित भएपछि मध्यपश्चिम खेलकुद विकास समितिले सिँचाइ गर्न थालेको हो । रंगशालाका सुरक्षा गार्ड सीताराम थारुले दुई वटा पाइपबाट बिहानदेखि रातभरि नै सिँचाइ हुने गरेको बताए । रंगशालाभित्रको दुबोमा सिँचाइ हुने हो भने वैशाखभित्र सबै दुबो सबै सुक्ने अवस्था छ । अहिले पनि धेरै ठाउँमा दुबो सुकिसकेको छ । रंंगशालाको हरियो मैदान कालो भएको छ । सिँचाइ भइरहेको ठाउँमा भने दुबो हरियो हुन थालेको छ ।