नेपालगगन्ज क्वारेन्टाइनका १८१ जनाको आज विदाइहुँदै

फाइल फोटो

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका १६ जैसपुरस्थित सुक्खा बन्दरगाह परिसरमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक सय ८१ जनाको बिहीबार विदाइ हुँदैछ ।
उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार घर जानु अघि सबै जनाको रयापिट टेस्टबाट कोनोरा जाँच गरेर घर पठाइन लागिएको हो । भारतको विभिन्न राज्यबाट सीमामा अलपत्र परेकाहरुलाई दशगजामै क्वारेन्टाइन निर्माण गरि राखिएको थियो ।