दशगजा क्वारेन्टाइनका १६६ कोे आरडीटी रिपोर्ट नेगेटिभ

जैसपुर (नेपालगन्ज) : नेपालगन्ज उपमहानगरपालिका १६ जैसपुर स्थित निर्माणाधीन सुख्खा बन्दरगाहमा बसेका एक सय ६६ जनाको -यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दलका अनुसार बिहीबार बिहान क्वारेन्टाइनमा आरडीटी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । त्यहाँ रहेका एक सय ८१ जनामध्ये १५ जनाको यसअघि नै पीसीआर जाँचमा नेगेटिभ आएको चन्दले बताए । उनीहरुसँगै महेन्द्र बहुमुखी क्याम्पसको वारेन्टाइनमा रहेका थप ११ जनाको रिपोर्ट पनि नेगेटिभ नै आएको थियो ।
आरडीटी परीक्षणका लागि नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाको टिमसँगै, प्रदेश स्वास्थ्य निर्देशनालय, भेरी अस्पताल , शिक्षण अस्पताल र स्वास्थ्य कार्यालयका प्राविधिक खटिएका थिए ।