राजमार्गमा सास्ती पाउनेको लावालस्कर (फोटो फिचर)

कतै रुवाबासी, कोही पाँच दिनदेखि भात खान पाएका छैनन्, गाडीमा ओसारपसारमा प्रतिबन्ध तर राजमार्गमा पैैदल हिड्न छुट ?

मेरो खुसी फोटो पत्रकार
शिवखोला (बाँके) : पूर्व–पश्चिम राजमार्गमा सवारी साधन चलेका छैनन् तर केही दिनदेखि पैदल यात्रीको लावालस्कर छ ।
शुक्रबार दिउँसो मेरो खुसीको टिम नेपालगन्जबाट ९० किलोमिटर पूर्वमा दाङ र बाँकेको सीमा क्षेत्र शिवखोला पुग्दा तीन सय ७० जना नेपाली सेनाको चेकपोस्टको दक्षिणी किनारमा दुई सय ७० जना थकित मुद्रामा थिए । नेपाली सेनाको अनुसार दिउँसो सवा तीन बजेसम्म चार सय १९ जनाले यात्रा गरेका थिए । जंगलको बाटोमा यात्रीहरु पैदल हिड्दै थिए ।

साना बालबालिका, महिला र जेष्ठ नागरिकको विचल्लीमा परेको देखिन्थ्यो । राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्री उनीहरुको उद्दार र खानपानको जोहो गरिरहेका थिए । यात्रीहरुको रुवाबासी र खान नपाएको पीडा सुनाइरहेका थिए । उनीहरुको आक्रोस थियो, ‘हिँडेर जान मिल्ने । गाडीमा जान नपाउने यो कस्तो कानुन हो ?’

   

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *