नेपालगन्जका ६० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि

मेरोखुसी संवाददाता: नेपालगन्जमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगञ्ज र रुपन्देहीमा १/१ जनामा कोरोना देखिएसंगै संक्रमितको संख्या ५९ पुगेको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्जका ६० वर्षीय पुरुष र रुपन्देही निवासी २५ वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो । उनीहरु दुवैजना को स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । नेपालगन्जमा संक्रमित ब्यक्तिलाई खजुरा स्थित क्यान्सर अस्पतालमा रहेको आइसोलेशन कक्षमा राखिने तयारी थालिएको बताईएको छ ।