भारतमा संक्रमितसँगै मृतकको संख्या बढ्दै

शुक्रबार एकै दिनमा भारतमा झन्डै दुई हजार चार सय जना नयाँ संक्रमित फेला र ६९ जनाको मृत्य, अहिलेसम्म मृतकको संख्या एक हजार दुई सय २३ पुग्यो

नेपालगन्ज : भारतमा कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएको छ । संक्रमितको दर बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्न थालेको हो । पछिल्लो तथ्याङ्क अनुसार शुक्रबार एकैदिन भारतमा दुई हजार तीन सय सय ९४ नयाँ संक्रमित थपिएका छन् भने ६९ जनाले ज्यान गुमाएका छन् ।
वल्डोमिटर्स डट इन्फोका अनुसार भारतमा हालसम्म संक्रमितको संख्या ३७ हजार तीन सय ३६ पुग्दा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार दुई सय २३ पुगेको छ ।
शुक्रबारको संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी भएको वल्डोमिटर्स डट इन्फोको दावी छ । यसअघि अप्रिल १८ तारेखमा दुई हजार २३ जना संक्रमित भएका थिए । भारतमा हालसम्म सबैभन्दा बढी मानिसको मृत्यु बिहिबार ७५ जनाको भएको थियो । अहिलेसम्म दश हजारभन्दा बढी ब्यक्ति उपचारपछि निको भएर घर फर्केका छन ।
सबैभन्दा बढी मानिसको मृत्यु महाराष्ट्रमा चार सय ८५ जना, गुजरातमा दुई सय ३६, मध्यप्रदेशमा एक सय ४५, राजस्थानमा ६२, दिल्लीमा ६१ र उत्तरप्रदेशमा ४२ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म विश्वमा दुई लाख ३९ हजार ६ सय १४ जनाको मृत्यु भएको छ भने ३४ लाख १ हजार ३१८ जनालाई संक्रमण भएको छ । त्यस्तै विश्वमा ५१ हजार तीन सय ५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । १० लाख ८१ हजार सात सय ५ जना स्वास्थ्योपचारपछि निको भएका छन् । नेपालमा ५९ जनामा कोरोना संक्रमण भए पनि अहिलेसम्म कसैैको पनि मृत्यु भएको छैन । निको भएर घर फर्कनेको संख्या भने १६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *