नरैनापुरका मुस्लिम र हिन्दु सबै धर्मगुरुको कोरोना रिपोर्ट नेगेटिभ

नेपालगन्ज : बाँकेको नरैनापुरका मुस्लिम र हिन्दु धर्मगुरुसहित ५६ जना सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोराना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नरैनापुर गाउँपालिकाका ५६ जना र नेपालगन्ज मेडिकल कलेजका थप एक जना गरी ५७ जना सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
मुस्लिम आयोगद्वारा गठित जिल्ला स्तरीय अनुगमन समितिको नेतृत्वमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेको टोलीले शुक्रबार मुस्लिम धर्मका ३१ जना मौलाना, हिन्दु मन्दिरका ७ जना पूजारी, क्वारेन्टाइनमा रहेका १५ जना, क्वारेन्टाइनमा कार्यरत २ जना स्वास्थ्यकर्मी र सहयोगी १ जना गरी ५६ जनाको स्वाब संकलन गरेर भेरी अस्पतालको कोरोना प्रयोगशालामा पीसीआर प्रविधिमा परीक्षण गरिएकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *