कोरोनाबाट साढे २४ हजारभन्दा बढी मृत्यु हुने ५ देश (सूची)

नेपालगन्ज : विश्वमा कोरोनाबाट दुई लाख ४४ हजार सात सय ८६ जनाको मृत्यु भएको छ । कोरोनाबाट साढे २४ हजारभन्दा बढी ब्यक्ति मृत्यु हुनेमा अधिकांश अति विकसित देश छन् ।
कोरोना भाइरसबारे तथ्याङ्क अपडेट गर्ने वेभसाइट वल्डोमिटर्स डट इन्फोको आइतबार मध्यान्न १२ बजेसम्मको रेकर्ड अनुसार विश्वभर ३४ लाख लाख ८४ हजार पाँच सय ६७ जना संक्रमित भएका छन् । विश्वभरी संक्रमितको एक तिहाइ र मृत्युको एक चौथाइ अमेरिकामा मात्र छन् । जहाँ ११ लाख ६० हजार सात सय ७४ जना संक्रमित भएकोमा ६७ हजार चार सय ४४ जनाको ज्यान गइसकेको छ ।
अमेरिकापछि इटलीमा २८ हजार सात सय जनाको मृत्यु भएको छ । बेलायतमा २८ हजार एक सय, स्पेनमा २५ हजार एक सय र फ्रान्समा २४ हजार सात सय जनाको मृत्यु भइसकेको छ ।