नेपालगन्जमा कोरोना संक्रमितको संख्या १० पुग्यो

मेरो खुसी संवादादाता :  नेपालगन्जमा थप ९ जना कोरोना संक्रमित भेटीएका छन । नेपालगञ्जको भेरी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परिक्षणबाट थप ९ जनामा कोरोना संक्रमण भेटीएको अस्पतालका प्रमुख प्रकाश बहादुर थापाले जानकारी दिए । यो संगै भेरीमा कोरोना संक्रमितको संख्या १० पुगेको छ । शुक्रबार कोरोना संिक्रमित भेटीएपछि उनी बस्ने क्षेत्रका ९० जनाको कोरोना जाँच गरिएकोमा ३० जनाको रिपोर्ट आएको छ भने आज थप ९ जना संक्रमित फेला परेका हुन । अझै ६० जनाको रिपोर्ट आउन बाँकी रहेको बताईएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमितको संख्या ६९ पुगेको जनाएको छ । आज १० जनामा कोरोना संक्रमण देखिएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा र नेपालगञ्जको प्रयोगशालमा परीक्षण गर्दा ५ पुरुष र ४ महिलामा कोरोना संक्रमण देखिएको बताए ।