राति थप ६ सहित एकैदिन नेपालगन्जमा १५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १६ पुग्यो

नेपालगन्ज : आइतबार राति नेपालगन्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जमा एकै दिन १५ जनामा कोरोना संक्रमण पाइएको हो । शुक्रबार संक्रमण भएका ६० वर्षका सम्पर्कमा रहेका ९० जनाको कोरोना जाँच गर्दा ६० जनाको रिपोर्ट आउँदा १५ जनामा कोरोना पाइएको हो । अझैं ३० जनाको रिपोर्ट आउन बाँकी नै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३ जना महिला र तीन जना पुरुष गरी ६ जनामा संक्रमण पुष्टि गरे । महिलाहरुको उमेर समूह ४०, ५५ र ६० छ भने पुरुषको १६, २१ र ३४ उमेर रहेको छ । यसअघि दिउँसो एकै पटक नौ जनामा कोरोना संक्रमण पुष्टि भएकोे थियो । यसअघि शुक्रबार ६० वषीय वृद्धमा कोरोना पाइएको थियो । यो सँगै नेपालगन्जमा संक्रमितको संख्या १६ पुगेको छ ।