१५ जना संक्रमितलाई क्यान्सर अस्पतालको आइसोलेसनमा लगियो

नेपालगन्ज : एकैदिन भेटिएका १५ नयाँ संक्रमितलाई आइतबार राति खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा लगिएको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार एम्बुलेन्समा सामाजिक दुरी कायम गरी लगिएको हो । संक्रमितमध्ये ७ जना महिला र ८ जना पुरुष रहेका छन् । नेपालगन्जका पहिलो संक्रमित ६० वर्षीय पुरुष र कोरोना आशंका गरिएका युवकलाई पनि आइसोलेसन राखिएको छ । नेपालगन्जमा अहिलेसम्म १६ जनामा संक्रमण दिएको छ ।