खजुरा गाउँपालिका चारै दिशाबाट सिल

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका चारै दिशाबाट सिल गरिएको छ ।
गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपतिका अनुसार पूर्वमा नेपालगन्जबाट आउने नाका कपास विकास समितिको पुल, पश्चिममा मानखोला, उत्तरमा बैजनाथबाट आउने बाटो र दक्षिणमा भारतीय नाका सबै सिल गरिएको छ ।
‘नेपालगन्जमा कोरोना संक्रमण फैलिँदै गएको देखेपछि उच्च सर्तकता अपनाएका छौं’, अध्यक्ष किश्मतकुमार कक्षपतिले भने, ‘सर्वसाधारणलाई घरमै बसेर लकडाउनको पालना गर्न भनेका छौं ।’ नेपालगन्जका १६ जना संक्रमितहरुलाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।