३ परिवारमा एकैघरका ३/३ जनामा कोरोना संक्रमण

नेपालगन्ज ८ मा कोेरोना परीक्षणका लागि स्वाब संकलन गरिँदै । फाइल फोटो

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका ८ को जोलाहनपूर्वाका एकै घरका दुईदेखि तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सो टोेलमा रहेको अन्सारियन मस्जिद सन्चालक समितिका अध्यक्ष समसुद्दिन सिद्धिकीका अनुसार आइतबारसम्म पुष्टि भएका नेपालगन्जका १६ जना संक्रमितमध्ये ३ परिवारमा तीन-तीन जना सदस्य छन् । दुई-दुई जना संक्रमित परिवारको संख्या दुई छ । एक-एक जना संक्रमित परिवार तीन छ । नेपालगन्जमा कूल आठ परिवारमा कोरोना संक्रमण पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *