सुरक्षाकर्मी र स्वास्थ्यकर्मीबाहेक कोही घर बाहिर निस्कन नपाउने गरी नेपालगन्जमा तीन दिन निषेधित क्षेत्र

नेपालगन्ज : कोरोना संक्रमण न्यूनिकरणका लागि नेपालगन्जमा तीन दिन निषेधित क्षेत्र घोषणा गरिएको छ ।
सोमबार बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले नेपालगन्ज उपमहानगरपालिकालाई मंगलबारदेखि तीन दिनसम्म निषेधित क्षेत्र घोषणा गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।
‘संक्रमणलाई न्यूनिकरण गर्न संक्रमितहरुको ट्र्याकिङ र स्वाब परीक्षणलाई प्रभावकारी बनाउन मंगलबार बिहान ११ बजेदेखि लागू हुने गरी २५ गते मध्यरातिसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ’, बैठकको निर्णयमा भनिएको छ, ‘उक्त अवधिभर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन कार्यमा खटिने जनशक्तिबाहेक अन्य कसैले पनि घर बाहिर निस्कन नपाउने ।’