नेपालगन्जका ७ संक्रमितलाई आइसोलेसनमा राखियो

नेपालगन्ज :  नेपालगन्जमा मंगलबार पुष्टि भएका ७ जना कोरोना संक्रमितलाई आइसोेलेसनमा राखिएको छ ।
भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा पीसीआर प्रविधिबाट संक्रमित पुष्टि भएका उनीहरुलाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको हो ।
जहाँ यस अघि पुष्टि भएका १६ संक्रमित र कोरोना शंकास्पद भएर रिपोर्ट नेगेटिभ आएका युवा छन् । बाँकेमा कूल संक्रमितको संख्या २३ पुगेको छ ।