नेकपाका जिल्लादेखि गाउँ तहका नेताद्वारा सहयोग

खजुरा (बाँके) : नेकपा खजुरा गाउँपालिका कमिटीले सुरु गरेको जनताद्वारा जनतालाई पार्टीकै जिल्लादेखि वडा कमिटीसम्मका नेता र सहयोग गर्ने मनकारीहरु बढ्दै गएका छन् ।
नेकपा खजुरा गाउँपालिका कमिटी प्रवक्ता धनराम ओलीका अनुसार मुवारक शेष ३० बोरा चामल र नेकपा बाँकेका संगठन विभाग प्रमुख रत्न खत्रीको पहलमा २५ किलो तौलका २० बोरा चामल सहयोग भएको छ । त्यसैगरी आशिषकुमार चौधरी, पूर्णबहादुर भण्डारी र नेत्र रानाभाटले २०/२० बोरा चामल सहयोग गरेका छन् ।
त्यस्तै, लेखनाथ सापकोटाबाट, विज्ञान कक्षपति, कान्तुराम गौतम, दीपक अधिकारी, सुधीर शुुक्ला, भक्तबहादुर गोदार, र निरज भट्टले १०/१० बोरा चामल उपलब्ध गराएका छन् । टंक पोखरेलबाट ६ बोरा, प्रकाश केसी, दीपक ढकाल, देउमाया मगर र सुमित्रा विक ५/५ बोरा र कुलबहादुर खत्रीले ४ बोरा चामल सहयोग गरेका छन् ।
कृष्ण आचार्यले ५० लिटर खानेतेल सहयोग गरेका छन् । त्यसैगरी खजुरा गाउँपालिका विज्ञ समूह सदस्यहरु इन्द्र्रबहादुर थापाले १२ हजार, पूर्णप्रसाद उपाध्यायले ५ हजार नगद उपलब्ध गराएका छन् ।
प्रवक्ता ओलीले संक्रमणका कारण उत्पन्न भएको विषम परिस्थितिले मजदुरी गरिखाने गरिब बिपन्न बर्गको घरमा चुलो बल्न नसक्ने अवस्था सृजना भएमा स्थानीय सरकारमार्फत त्यस्ता घर परिवारलाई राहत उपलब्ध गराउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *