नेपालगन्जमा कोरोना देखिएपछि बाँके कारागारका बन्दीद्वारा परीक्षण गर्न माग, ३०० को क्षमता, ८०५ कैदीबन्दी

नेपालगन्ज : बाँके कारागारका आठ सय ५ कैदीबन्दीले कोरोना परीक्षण गर्न सरकारसँग माग गरेका छन् ।
नेपालगन्जका पनि २३ जनामा कोरोना संक्रमण भएपछि उनीहरुले आपूm खतरामा रहेको भन्दै कोरोना जाँच माग गरेका हुन् । ‘कारागारमा मास्क र सेनिटाइजर पनि छैन । कुनै चेकजाँच गरिएको छैन । क्षमताभन्दा तेब्बर संख्यामा राखिएको छ । एक जनालाई कोरोना भएमा सबैैमा सर्ने खतरा छ’, उनीहरुले भनेका छन्, ‘ भारत मुम्बइको जेलमा ७२ जना कैदीबन्दीमा कोरोना संक्रमण पाइएको छ । हामी पनि जोखिममा छौं तर पटक–पटक माग गर्दा पनि कारागार प्रशासनले आफ्ना मागप्रति बेवास्ता गरिरहेको छ ।’
बाँके कारागारमा पुरुष बन्दी गृहको क्षमता दुई सय ५० मात्र हो । जहाँ सात सय ५५ जनालाई राखिएको छ । महिला बन्दी गृहको क्षमता भने ५० मात्र हो । उनीहरु क्षमता अनुसार नै छन् ।
बाँके कारागारका जेलर देवेन्द्र श्रेष्ठले कैदीबन्दीले कोरोना जाँच माग गरेको स्वीकार गरे । उनले मेरो खुसी डटकमसँग भने, ‘कोरोना रोकथाम र नियन्त्रण गर्न सुरक्षात्मक र उपचारात्मक उपायलगायतका विषयमा माग गर्दै हामीले आजै विभागलाई पत्राचार गरेका छौं । यस विषयमा विभागले नै केही व्यवस्थापन गर्ला ?’ बाँके कारागारले
जेलर श्रेष्ठले कैदीबन्दीहरुका लागि माक्स र सेनिटाइजरसमेत उपलब्ध गराउन नसकेको स्वीकारे । ‘गेटभित्र प्रवेश गर्नेका लागि जेनतेन सेनिटाइजरको व्यवस्था गरेका छौं । कैदी बन्दीहरुका लागि भने नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको दुई सय थान साबुन प्रयोग गर्न दिएका छौं ।’