नेपालगन्जमा थप १ जनामा कोरोना, संक्रमित संख्या २४

नेपालगन्ज : नेपालगन्जमा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।
भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाका अनुसार २२ जना संक्रमितसँग सम्पर्कमा रहेका नेपालगन्ज ८ बाट संकलन गरिएका एक ३६ जनामध्ये एक सय ३० को थ्रोट स्वाबको नमूना परीक्षण गर्दा १६ वर्षका युवामा कोरोना संक्रमण पाइएको हो । यो संँगै नेपालगन्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । बुधबार संकलन गरिएका ६ वटा नमूना र बिहीबारका ४८ वटा नमूनाको परीक्षण गर्न बाँकी रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *