युवा व्यवसायी श्रेष्ठद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

मुरली गोडिया । गुलरिया
उत्सव टोबाको कम्पनीका प्रमुख उत्सव श्रेष्ठले बर्दियाका सन्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
कोरोनाको महामारीलाई मध्यनजर गर्दै उद्योगी श्रेष्ठले गुलरियास्थित जिल्ला ट्राफिक कार्यालय र बर्दिया अस्पताल र गुलरियाका सन्चारकर्मीहरुलाई मास्क, ग्लोबस् र सेनिटाइजर हस्तान्तरण गरेका हुन् । पत्रकारलाई लक्षित गरी कोरोना सुरक्षण सामाग्री उपलब्ध गराउनु धेरै राम्रो कार्य भएको पत्रकार महासंघका उपाध्यक्ष यादव आचार्यले बताए ।