प्रदेश ५ मा ३० जनामा कोरोना संक्रमण

नेपालगन्ज : प्रदेश ५ का तीन जिल्लामा ३० जनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार बिहान ८ बजेसम्म बाँके जिल्लाको नेपालगन्जमा २४, कपिलवस्तुमा ५ र रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १९ वैशाखमा नेपालगन्ज र रुपन्देहीमा एकै दिन संक्रमण भएको पुष्टि भए पनि रुपन्देहीमा संक्रमित संख्या स्थिर छ । नेपालगन्जमा भने थप २३ जनामा संक्रमण भएको छ । एकैदिन २२ जनामा कोेरोना संक्रमित फेला परेका थिए । प्रदेश ५ मा कोरोना संक्रमितको संंख्या वृद्धि भएसँगै मन्त्रालयले परीक्षणका दायरा फराकिलो बनाउने भएको छ ।