भारतको उत्तर प्रदेशमा कोरोनाबाट ६६ जनाको मृत्यु

नेपालगन्ज : बाँके र बर्दिया जिल्लाको भारतीय सीमावर्ती राज्य उत्तर प्रदेशमा कोरोनाबाट ६६ जनाको मृत्यु भएको छ ।
भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको शनिबार अपरान्ह ५ बजेको रेकर्ड अनुसार उत्तर प्रदेशमा तीन हजार दुई सय १४ जना संक्रमित पुष्टि भएकोमा निको भएका एक हजार तीन सय ८७ जना रहेका छन् । भारतका ३२ राज्यमध्ये कोरोना उच्च संक्रमणमा उत्तर प्रदेश ७औं नम्बरमा पर्छ ।