एकैदिन ५७ जना कोरोना संक्रमित फेला !

नेपालगन्ज : नेपालमा एकै दिन चार जिल्लामा गरी ५७ जनामा कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्र्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार मंगलबार दिउँसो १ः१० बजेसम्म एकैदिन सबैभन्दा बढी पर्सा जिल्लामा ३९ जना नयाँ संक्रमित फेला परेका हुन् । त्यसैगरी रुपन्देही जिल्लामा ९, कपिलवस्तुमा ८ र बारा जिल्लामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । देशैभरी कोरोना संक्रमितको संख्या अब एक सय ९१ जना पुगेको छ । अहिलेसम्म ३३ जना मात्र निको भएर घर फर्केका छन् ।