भारतविरुद्ध नेपालगन्जमा राप्रपाको प्रदर्शन (फोटो फिचर)

 नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार नेपालगन्जमा भारतविरुद्ध प्रदर्शन गरेको छ ।
नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा लकडाउनकै बेला भारतले नेपाललाई बिना कुनै जानकारी सडक बनाएर नेपालको राष्ट्रियतामाथि धावा बोलेको भन्दै राप्रपाले विरोध गरेको हो ।

लिम्पियाधुरा र लिपुलेक नेपाली भूमी हो । त्यहाँ रहेका भारतीय सेना फिर्ता गर्नुको सट्टा लिपुलेकसम्म बाटो बनाएर यातायातको निमित्त खोलिएको प्रति आपत्ति जनाउदै राप्रपा सम्बद्ध युबारविद्यार्थी तथा महिलाहरुले नेपालगन्जको वीपी चोकमा एक घण्टा विरोध प्रदर्शन गरेका हुन् ।