नेपालगन्जको पहिलो संक्रमितको दोस्रो परीक्षण पनि पोजेटिभ

नेपालगन्ज : बाँकेको पहिलो कोरोना संक्रमित व्यक्तिको दोस्रो पटककोे कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै आएको छ ।
भेरी अस्पताल नेपालगन्जका अनुसार खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका ६० वर्षीय वृद्धको दोस्रो पटक गरिएको परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै आएको हो । उनको सम्पर्कमा आएका ९४ जनाको थ्र्रोट स्वाब परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको थियो । त्यसपछि भने १६ वर्षका युवामा पनि कोरोना देखिएको थियो । बाँकेमा कूल कोराना संक्रमितको संख्या २४ पुगेको छ । खजुराको आइसोलेसनमा रहेका सबै बिरामीको अवस्था सामान्य छ ।