बाँकेका थप एक जनामा कोरोना, कूल संख्या २५

नेपालगन्ज : बाँकेमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार बुधबार नेपालगन्ज ८ का ३६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालगन्जमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ । बुधबार नै कपिलवस्तुका २२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा भने कूल संक्रमितको संख्या दुई सय १९ पुगेको छ ।