बाँकेको दुर्गम नरैनापुरमा ८ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकामा पनि ८ जनामा कोरोना पुष्टि भएको छ ।
भारतबाट आएका ४५ जनामा पीसीआर प्रविधिमा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । उनीहरुको भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा परीक्षण गरिएको थियो । उनीहरु नरैनापुर गाउँपालिकाको वडा नं. १, ३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका छन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । बिहीबार मकवानपुरमा पनि थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कूल कोरोना संक्रमितको संख्या दुई सय ५८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *