प्रेस संगठनद्वारा सन्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण


मानबहादुर ठकुल्ला । टीकापुर

प्रेस संगठन कैलाली शाखाले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

संगठनले मंगलबार कैलालीका विभिन्न मिडियामा आबद्ध पत्रकारहरुलाई स्वास्थ्य सामग्री सर्जिकल माक्स, सेनिटाइजर, पञ्जा, ज्याकेटलगायतका सामग्री वितरण गरेको  हो ।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनमा पनि आफ्नो स्वास्थ्यको प्रवाह नगरी प्रत्यक्ष जनताका समस्या, गुनासा जानकारीका निमित्त खटिने क्रियाशिल पत्रकारहरुलाई थोरै भए पनि राहात पुगोस भनेर स्वास्थ्य सामग्री वितरण गरेको संगठन कैलाली शाखाका संयोजक हरिश विकले बताए ।
स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै सन्चारकर्मी पनि कोरोना भाइरसको उच्च जोखिममा रहेकाले पत्रकारको सुरक्षाका लागि स्वास्थ्य समाग्री वितरण गरेको संगठनका कैलाली जिल्ला सह संयोजक मीन ठकुरीले बताए । कोरोना महामारीको कहरमा जोखिम मोलेर समाचार संकलन गर्नु पर्ने अवस्थालाई ध्यानमा राखेर प्रेस संगठन कैलालीले थोरै भए पनि स्वास्थ्य सामग्री वितरण गर्दा राहत महसुस भएको पत्रकारहरुले बताएका छन् । संंगठनले कैलालीको धनगढी, अतरिया, मसुरिया, पहलमानपुर, सुखड, बौनिया, लम्की र टीकापुरमा क्रियाशिल सन्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ ।