नरैनापुरका ६० संक्रमितसँग सम्पर्कमा रहेका १५८ को स्वाब संकलन

File photo

नेपालगन्ज : बाँकेको नरैनापुरका ६० जना संक्रमितसँग सम्पर्कमा रहेका व्यक्तिको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार संक्रमितसँग सम्पर्कमा रहेका एक सय ५८ जनाको मंगलबार थ्रोट स्वाबको नमूना संकलन गरिएको हो । उनीहरुसँगै भारतबाट आएर नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका एक सय ४० जनाको पनि स्वाब संंकलन गरिएको थियो । त्यस्तै कोहलपुरको पिपिरीस्थित क्वारेन्टाइनमा रहेका २५ समेत ४० जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका ८ जनाको पनि मंगलबार स्वाब संकलन गरिएको थियो । एकैदिन बाँकेमा तीन सय ४७ जनाको स्वाब संकलन गरिएको थियो ।