लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा सरकारद्वारा सार्वजनिक

नेपालगन्ज : नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गरेको छ ।

भूमि व्यवस्था मन्त्री पद्मकुमारी अर्यालले सिंहदरबारस्थित मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सा सार्वजनिक गरेकी हुन् । नयाँ नक्सामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ। मन्त्री अर्यालले सरकारी दस्तावेज र पाठ्यपुस्तकहरुमा पनि नयाँ नक्सा नै प्रचलनमा ल्याउने बताइन् ।