नरैैनापुरमा ५ र खजुरामा १ गरी थप ६ सहित बाँकेमा ९९ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ गरी बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले अपरान्ह भिडियो पत्रकार सम्मेलनमा नरैनापुर ५ का १७, २०, २८, ३० र ४० का साथै खजुरा गाउँपालिका ५ का २६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि गरेका हुन् । यो सँगै नरैनापुरमा ७३ जना संक्रमितको संख्या पुगेको छ । बाँके जिल्लामा भने कोरोना संक्रमितको संख्या ९९ भएको छ । कोरानाबाट आइतबार एक जनाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *