सर्लाहीमा थप १५ सहित ३० जनामा कोरोना, नेपालमा संक्रमित संख्या ४८७

नेपालगन्ज : नेपालका पाँच जिल्लामा शुक्रबार बिहान थप ३० जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बिहान विज्ञप्ती जारी गरेको विज्ञप्तीमा सर्लाहीका गोडैता नगरपालिका र रामनगर बहुअर्वा गाउँपालिकाका १४ पुरुष एक महिला गरी १५ जना छन् । कपिलवस्तुमा ९, नवलपरासी (पश्चिम) ३, चितवनमा २ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा एक जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार सय ८७ पुगेको छ । अहिलेसम्म सिन्धुपाल्चोक, बाँके र गुल्मीमा एक एक जनाको ज्यान गइसकेको छ । ४९ जना निको भएर घर फर्किसकेका छन् । शुक्रबार नेपालगन्जका २१ जना पनि कोरोना निको भएर घर फर्कँदै छन् ।