नेपालगन्जका २१ संक्रमित कोरोना जितेर घर फर्के

खजुरा (बाँके) : नेपालगन्ज उपमहानगरपालिकाका २५ कोरोना संक्रमितमध्ये २१ जना शुक्रबार घर फर्केका छन् ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना विशेष आइसोलेसन अस्पतालबाट नेपालगन्जका पहिलो कोरोना संक्रमित ६० वर्षका वृद्धसहित २१ जना निको भएर फर्केका हुन् । दुई जना अझै आइसोलेसनमै उपचार गराइरहेका छन् । १९ वैशाखमा पहिलो व्यक्तिमा र २३ वैशाखमा २२ जना संक्रमण पुष्टि भएको हो । २२ मध्येका दुई जनाको दोस्रो परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्टेन्ट डा.प्रकाशबहादुर थापाले बताए । क्यान्सर अस्पतालको आइसोलेसनमा नेपालगन्जका मात्र ४ जनाको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *