खजुरामा बन्नेभयो ब्याडमिन्टन कभर्डहल

बाँकेको खजुरामा ब्याडमिन्टन कभर्डहलको शिलान्यास

नेपालगन्ज: बाँकेको खजुरा गाउँपालिकामा ब्याडमिन्टन कभर्डहल निर्माण गरिने भएको छ । ने रा प्राबी ‘क’ गाउँले उपलब्ध गराएको ५ कठ्ठा जमिनमा निर्माण हुने  कभर्डहलको शुक्रबार शिलान्यास गरिएको छ । खेलकुद विकास समिति प्रदेश ५ का निवर्तमान अध्यक्ष भीम ओली र क्लबका अध्यक्ष भक्तबहादुर गोदार क्षेत्रीले संयुक्त रुपमा शिलान्यास गरेको ब्याडमिन्टन कभर्डहलका लागि खजुरा गाउँपालिकाले ९ लाख ७० हजार उपलब्ध गराएको छ भने क्लबका सदस्यबाट रु ११ लाख संकलन गरिएको खजुरा ब्याडमिन्टन क्लबका अध्यक्ष गोदारले बताए । कभर्डहलको निर्माण हुने भएपछि ब्याडमिन्टन क्लबका युवाहरु रकम संकलनमा जुटेका छन ।