कैलालीका तीन जनामा कोरोना संक्रमण

मानबहादुर ठकुल्ला, टीकापुर :
कैलालीका तीन जनामा कोरोना संक्रमण देखिएको छ । कैलालीको जानकी गाउँपालिका वडा नं १ मा रहेको सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएका तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीका अनुसार तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा इटहरीबाट वैशाख ३० गते आएका जानकी गाउँपालिका वडा नं ७ जवलपुरका १९ वर्षीय युवक रहेको जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले बताए । त्यस्तै जेठ ३ गते भारतको महाराष्टबाट आएका जानकी गाउँपालिका वडा नं ४ कञ्चनपुरका २६ वर्षीया पुरुष र जेठ १ गते बाँकेको नेपालगञ्जबाट आएका जानकी गाउँपालिका वडा नं ७ मोतिनगरका २१ वर्षीय पुरुष रहेका छन् ।
चौधरीका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमित पुष्टि भएको सरस्वती माविको क्वारेन्टाइनमा गाउँपालिकाले ४५ जनालाई राखेको छ । संक्रमित पुष्टि भएकाहरुलाई टीकापुर अस्पतालको आइसोलेशनमा राख्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *