बर्दियाको बढैयातालका एक जनामा कोरोना

राजापुर र गुलरिया नगरपालिका साथै बढैयाताल गाउँपालिकामा एक एक जना गरी बर्दियामा कूल तीन जनामा कोरोना संक्रमण पुष्टि

गुलरिया : बर्दियाको बढैयाताल गाउँपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बढैयाताल गाउँपालिका वडा नम्वर ७ का १९ वर्षका पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीका अनुसार संक्रमित ब्यक्ति केही दिन अघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । संक्रमण पुष्टि भएपछि उनलाई अहिले कोरोना आईसोलेसन अस्पताल नेपालगन्जमा पठाउने तयारी भइरहेको छ । बर्दियामा यसअघि राजापुरकी ११ वर्षिया बालिकामा कोरोना संक्रमण देखिएको छ भने गुलरिया नगरपालिका ११ घर भइ काठमाडौंमा रहेका एक ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *