बाँकेको नरैनापुरमा २७ थप सहित ११३ संक्रमित

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकामा शनिबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा परीक्षण गरिएका नरैनापुरका तीन सय ५२ थ्रोट स्वाबका नमूनामध्ये २७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह आयोजना गरेका भिडियो पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गरेका हुन् ।

मन्त्रालयका अनुसार नरैनापुर ३ को राष्टिय प्रावि गेगलीका १५ जना (१६ देखि ३२ वर्षका) जना, नरैनापुर १ को राष्टिय प्रावि महतनीयामा ६ (२२ देखि ५० वर्षका) र नरैनापुर मदरसाका ६ जना (१७ वर्षदेखि ३२ वर्षका) गरी २७ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नरैनापुरमा मात्र कोरोना संक्रमितको एक सय १३ पुगेको छ । एक जनाको ज्यान गइसकेको छ । बाँकेमा कोरोना संक्रमितको संख्या भने एक सय ४२ जना पुगेको छ । (शुरुको समाचारमा संक्रमित संख्या २७ हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएर अपडेट गरिएको छ -सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *