बढैयातालका संक्रमितलाई कोरोना विशेष अस्पताल दाङ पठाईयो


बर्दिया : बर्दियाको बढैयातालमा आज संक्रमण पुष्टि भएका युवालाई कोरोना विशेष अस्पताल बेलझुण्डी दाङ पठाईएको छ । बर्दियामा आईसोलेसन अस्पताल तयारी नभईसकेको र बाँकेमा संक्रमितको संख्या धेरै भएका कारण आईसोलेसनमा राख्न कोरोना विशेष अस्पताल दाङ्ग पठाईएको हो । बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीका अनुसार दाङ्गको बेलझुण्डीस्थित अस्पतालसंगको समन्वयमा संक्रमितलाई त्यहाँ पठाईएको हो ।
बढैयाताल गाउँपालिका वडा नम्वर ७ का १९ बर्षिय संक्रमित युवा जेठ १ गते भारतको बलरामपुरस्थित सीतापुरबाट आएका थिए । भारतको क्वारेन्टाईनमा बसेर फर्केका उनी त्यहाँबाट आएपछि बढैयाताल ७ स्थित सारदा माविमा बनाईएको क्वारेन्टाईनमा बसेका थिए । क्वारेन्टिनमा बसेकाहरुको स्वाव परीक्षण गरिएकोमा १२ जनाको नतिजा नेगेटिभ आएपनि एकजनाको पोजेटिभ आएको स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *